चैत १३, २०८२ शुक्रबार

काठमाडौँ, १३ चैतः नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला प्रदान गर्नुपर्ने धारणा धारणा राख्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा उहाँले स्वास्थ्यका जनशक्तिलाई हौसला नदिइँदा विदेशिने स्थिति सृजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ती जनशक्तिलाई स्वदेशमा नै बस्न सक्ने वातावरण मिलाउनुपर्छ, हौसला दिनुपर्छ ।”

मन्त्री मेहताले जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताउनुभयो । जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमात्र परिणाम प्राप्त गर्न सकिने र जनताले भरपर्दो सेवा प्राप्त गर्ने  उहाँको भनाइ छ ।

उहाँले चिकित्सक तथा नर्सहरूले आफ्नो क्षमताअनुसार अवसर नपाएको बताउँदै यस्ता समस्या सुल्झाउनुपर्नेमा जोड दिनुभयो ।