चैत १४, २०८२ शनिबार

वीरगञ्ज (पर्सा), १४ चैतः भारत सरकारले १९ थान वान टन सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

    वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका  वाणिज्यदूत मनिषकुमार दासले आइसिपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारीसाधन हस्तान्तरण गर्नुभएको हो । सरकारको आग्रहअनुसार सो सवारीसाधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ । 

    पर्साका सहायक प्रजिअ कार्कीले सवारीसाधन उपलब्ध गराएकामा भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारीसाधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिनुभयो ।