अदानचुली (हुम्ला), १४ चैतः शुक्रबार दिउँसो भिरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक नेपालीको आज निधन भएको छ ।
शुक्रबार दिउँसो चङ्खेली–४ पाली गएर घर फर्कने क्रममा भिरबाट लडेर घाइते हुनुभएका उहाँलाई थप उपचारका लागि आज नेपालगञ्ज पठाउने तयारी भइरहेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि आज हवाई सेवामार्फत नेपालगञ्ज पठाउने तयारी भइरहेको थियो । थप उपचारका लागि नेपालगञ्ज पठाउने अन्तिम प्रयास भइरहेका बेला नेपालीको निधन भएको उहाँले जानकारी दिनुभयो ।