चैत १४, २०८२ शनिबार

एथेन्स(ग्रीस), १४चैत  ः ग्रीसको समुन्द्री तटमा एउटा डुङ्गामा फसेको छ दिन पछि २२ जना आप्रवासीको मृत्यु भएको डुङ्गामा जीवित रहेका व्यक्तिहरूलाई उदृत गर्दै शनिबार ग्रीक तटरक्षकले बताएका छन् ।

 यस अघि शुक्रबार राति तटरक्षकले एक महिला र एक नाबालिकासहित २६ जनालाई  युरोपेली सीमा एजेन्सीको जहाजले क्रेटबाट उद्धार गरेको बताएको छ । जिवित मानिसहरूले मृतकहरुको शव समुद्रमा फ्याँकिएको बताएका छन् ।

दुईजना घाइते व्यक्तिहरूलाई क्रेटको हेराक्लिओनको अस्पतालमा लगिएको तटरक्षकले जनाएका छन् ।

जिवित व्यक्तिहरूको बयानको आधारमा, तटरक्षकले डुङ्गा गत मार्च –२१ मा पूर्वी लिबियाको बन्दरगाह शहर टोब्रुकबाट ग्रीसको लागि प्रस्थान गरेको बताएका थिए । जुन युरोपेली सङ्घमा शरण खोज्ने धेरै आप्रवासीहरूको प्रवेशद्वार भएको जनााइएको छ । 

यात्राको क्रममा डुङ्गामा सवार यात्रुहरूले  छ दिन सम्म खाना र पानीको अभावमा समुद्रीतटमा ज्यान गुमाएको तटरक्षकले बताएका छन् ।

मृत्युकको  शवहरू एकजना तस्करको आदेशमा समुद्रमा फ्याँकिएको बताइएको छ भने,  ग्रीक अधिकारीहरूले १९ र २२ वर्षका दुई दक्षिण सुडानी पुरुषहरूलाई तस्करको  आरोपमा पक्राउ गरेका छन् ।