चैत १८, २०८२ बुधबार

जलेश्वर (महोत्तरी), १८ चैत : महोत्तरी सदरमुकाम जलेश्वरस्थित अवस्थित प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवा सुरुआत भएको छ । 

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल राय, सचिव डा प्रमोदकुमार यादव र प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा रवि श्रीवास्तवले सो सेवाको आज  संयुक्त रूपमा शुभारम्भ गर्नुभयो ।  

मधेस प्रदेश सरकारले तीन वर्षअघि नै मिर्गाैलाका बिरामीलाई थप सहज बनाउन छ थान ‘डायलाइसिस मेसिन’ उपलब्ध गराएको थियो । तत्कालीन समयमा  दक्ष जनशक्ति नहुँदा प्रयोगमा आउन सकेको थिएन ।  अस्पताल प्रमुख डा रवि श्रीवास्तवले अहिले छ थान ‘डायलाइसिस मेसिन’मध्ये पाँच थान प्रयोगमा आएका छन् भने एक थान आकस्मिक प्रयोजनका लागि राखिएको जानकारी दिनुभयो ।