असोज १८, २०७८ सोमबार

Google Map

काठमाडौं । चुच्चे नक्सामा समेटिएका गाउँमा जनगणना गर्न सुरपरिवेक्षक किन नपठाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग प्रश्न गरेको छ ।

कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन नसकेको भन्दै नेविसंघले सरकारलाई प्रश्न गरेकाे हाे ।

उक्त क्षेत्रमा पहिलो चरणको सूचीकरणका लागि जान जिल्ला तथ्याङ्क कार्यालयले सुपरिवेक्षक नै पठाएको छैन ।

‘यस विषयमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ’, महामन्त्री बलदेव तिमल्सिनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


‘दार्चुलाको व्यास गाउँपालिका–१ को छाङरुक, तिंकर र त्यससँगै जोडिएको कालापानी, लिपुलेक क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन । त्यहाँ जनगणना गर्नका लागि कूनीतिक पहल गर्न नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग माग गर्दछौँ’, नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।