चैत १९, २०८२ बिहिबार

बैतडी, १९ चैतः महामारी तथा विपद्का बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३ स्थित श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन गरिएको छ । 
 
केन्द्रका प्रमुख मोहन कलौनीका अनुसार आपत्कालीन अवस्थामा एक किलोमिटरको परिधिमा साइरनको आवाज पुग्नेगरी स्वास्थ्य केन्द्र भवनमा साइरन जडान  गरिएको छ । 

अन्य स्थानमा ‘माइकिङ’ गरी सूचना प्रवाह गरिने जनाइएको छ । स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रले यस्तो व्यवस्था गरेको हो । 

सतर्कता केन्द्र स्थापना भएसँगै स्थानीयलाई सुरक्षा सचेतना बढाउन बल पुगेको तथा समयमा सेवा प्रवाह गर्न राज्यका निकायलाई मद्दत पुग्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले राससलाई बताउनुभयो ।