चैत १९, २०८२ बिहिबार

विराटनगर, १९ चैतः देवकुमारी थापा स्मृति गुठीले रु ५१ हजार राशिको देवकुमारी थापा स्मृति सम्मान कवि ज्ञान उदासलाई प्रदान गर्ने घोषणा गरेको छ । 

विसं २०१८ देखि साहित्य सेवामा निरन्तर सक्रिय उदासका सातवटा कविता सङ्ग्रह प्रकाशित छन् । 

यो सम्मान विसं २०६८ देखि प्रदान गर्न थालिएको हो, जुन यसअघि इन्द्रबहादुर राई, सत्यमोहन जोशी र महावीर पुनजस्ता वरिष्ठ व्यक्तित्वहरूले प्राप्त गरिसक्नुभएको छ ।

    त्यसैगरी, गुठीले रु २५ हजार राशिको बबरसिंह थापा स्मृति सम्मान चलचित्र निर्देशक सङ्गीता श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । श्रेष्ठले ‘कथा काठमाडौँ’जस्ता चलचित्र र ७० भन्दा बढी ‘म्युजिक भिडियो’को निर्देशन गर्नु भएको छ ।