चैत १९, २०८२ बिहिबार

कैलाली, १९ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाको सातौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको छ ।

आज यहाँ मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही चैत २४ गते मङ्गलबार अपराह्न ४ः०० बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो ।