चैत १९, २०८२ बिहिबार

काठमाडौँ, १९ चैतः जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले आज व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको काठमाडौँ अदालतका स्रेस्तेदार तीर्थराज भट्टराई जानकारी दिनुभयो । सम्पत्ति शुद्धिकरण अनुसन्धानमा अध्यागमन विभागले यही चैत १७ गते व्यवसायी भट्टलाई  कालोसूचीमा राखेको थियो । सम्पत्ति  शुद्धिकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर व्यापारी भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो । सोही प्रकरणमा व्यापारी भट्टलाई प्रहरीले आजै  पक्राउ गरेको हो ।