चैत २३, २०८२ सोमबार

महेन्द्रनगर (धनुषा), २३ चैत : राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।

    आयोगका मधेस प्रदेश कार्यालय प्रमुख बुद्धनारायण सहनीले आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।

    प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कर्णले मानव अधिकार संरक्षण राज्यको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै आयोगले उठाएका विषयवस्तुलाई गम्भीरतापूर्वक अध्ययन गरिने बताउनुभयो । साथै उहाँले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सो  प्रतिवेदनमा मधेस प्रदेशमा मानव अधिकारको अवस्था, चुनौती तथा सुधारका लागि आवश्यक सुझाव समेटिएको जनाइएको छ ।