काठमाडौँ, २५ चैतः राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट अलग हुनुभएको छ । उहाँले राष्ट्रियसभाका उपाध्यक्ष पदमा निर्वाचित भएपछि पार्टीका सबै पदबाट अलग भएको घोषणा गर्नुभएको हो ।
“राष्ट्रियसभामा २०८२ माघ २५ गतेदेखि निर्वाचित सदस्यका रुपमा कार्यरत रही २०८२ चैत २४ गते उपाध्यक्षको जिम्मेवारी सम्हालेका सन्दर्भमा, राष्ट्रियसभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि निष्पक्षता र तटस्थता कायम राख्नुपर्ने संसदीय मर्यादाअनुरुप पार्टीका सबै जिम्मेवारीबाट अलग भएको व्यहोरा जानकारी गराउँदछु”, उहाँले भन्नुभएको छ ।
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी यसअघि एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।