चैत २५, २०८२ बुधबार

धरान (सुनसरी), २५ चैतः धनकुटाको नाम्जेमा आजदेखि पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । ‘कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त तालिम यही चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

    पर्यटन प्रवद्र्धन तथा पत्रकारितामार्फत पर्यटन क्षेत्रलाई थप सशक्त बनाउने उद्देश्यका साथ नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय धरान र कोशी प्रदेश सरकारको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिममा सुनसरी, मोरङ, उदयपुर, खोटाङ, ताप्लेजुङ सङखुवासभा, ओखलढुङ्गालगायत नौ जिल्लाका पत्रकारको सहभागिता रहेको कोशी प्रदेश पत्रकार महासङ्घका अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो ।