चैत २९, २०८२ आइतबार

बैतडी, २९ चैतः  राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले  १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि निःशुल्क प्रशिक्षण सञ्चालन गर्नुभएको छ ।

दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित  मैदानमा आजदेखि सञ्चालन भएको प्रशिक्षणमा ४८ खेलाडी सहभागी छन् । मैदानमा अभ्यास खेल जारी छन् । 

स्थानीयस्तरमा क्रिकेटको विकास र  प्रतिभा पहिचानका निम्ति ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको मुख्य प्रशिक्षक दीपेन्द्र चन्दले राससलाई बताउनुभयो । जिल्ला क्रिकेट सङ्घले पनि प्रशिक्षणमा सघाउने बताएको छ ।