असोज २२, २०७८ शुक्रबार

महेश सिंह/ सिरहा लहान २२ असोज - प्रदेश न.२ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा  पूर्व-पश्चिम् राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका १ स्थित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाको चेक पोस्ट र सिरहा नगरपालिकाको माडर भन्सारमा क्यामेरा जडान गरिएको छ ।

क्यामराले जस्तोसुकै अपराधी नियन्त्रण गर्न सहज रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले बताए ।

प्रदेश न.२ का सम्पूर्ण जिल्लाहरूमा उक्त क्यामरा जडान भएको देखिन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका इन्चार्ज तथा प्रहरी निरीक्षक दानबहादुर मिरिङ्चिङले उक्त क्यामरा जडान भएको करीब ४ महिनाको अवधिमा पत्ता नलाग्ने घटनालाई पनि क्यामराको सहयोग लिएर सहजै घटनाको अपराधीलाई पत्ता लगाउन सकेको बताए ।