बागमती प्रदेशमा गठबन्धनमा सम्मिलित काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट क्रमशः कृष्णलाल भँडेल, कुमारी मोक्तान र कृष्णप्रसाद खनालले शपथ लिएका छन् ।
मोक्तानले सामाजिक विकास मन्त्रालय, भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालय र खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मन्त्रीहरूले सपथ लिनुअघि नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको पदको सपथ लिएका थिए ।