महेश सिंंह, लहान । संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षा क्षेत्रमा देखिएको सबैखालका समस्या तत्काल समाधान गर्न सरकार लागिपरेकोे बताएकी छिन् ।
सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका ५ खरुकियाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले बिहीबार आयोजना गरेको सम्मान तथा शुभकामना आदन–प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री यादवले सामुदायिक शिक्षामा सुधारका लागि सरकार लागिपरेको बताइन् ।
विभिन्न विद्यालयमा कार्यरत राहत, अस्थायी, निजी स्रोतलगायतका शिक्षकहरूले बेला बखत आफू अन्यायमा परेको चर्को विरोध गरिरहेकाले कार्यकालभित्र यी समस्या समाधान गर्न आफ्नो तर्फबाट विशेष पहल गर्ने प्रतिवद्धता जनाइन् ।