कात्तिक १३, २०७८ शनिबार

महेश सिंह/सिरहा/१३ कार्तिक- स्याहारकर्ताबाटै बच्चालाई घरमा सुरक्षित तरिकाले शिक्षा दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । घरमा सुरक्षित सिकाइ कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै गएपछि अध्ययनरत बालबालिकाहरूमा असल बानीको विकास भएको देखिन्छ।

सप्तरीको सुरुङ्गा नगरपालिकामा सबल नेपाल नौलो शिक्षा नीतिले समाजलाई निकै उत्साहित बनाएको छ ।

स्कुल पठाउनुभन्दा अगावै स्याहारकर्ताबाटै बालबालिकाहरूलाई मन्टेश्वरीको नयाँ शिक्षणविधि अपनाइ आमाबाट नै खेलको माध्मले शिक्षा दिन थालेपछि अभिभावकहरू खुसि भएका छन् ।


सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ बस्नपटी, पोखरीया, हरिपुर गरी वडा नम्बर ८ र ९ मलहनमा, स्मसेरपुरमा घरमा सुरक्षित सिकाइ कार्यक्रम सञ्चालनमा रहेका छन्।
 
उक्त कार्यक्रम समाज र बच्चाहरूका लागि निकै उपयोगी भएको सबल नेपालका कार्यालय प्रमुख नदकिसोर चौधरीले बताए । सबल नेपालको घरमा सुरक्षित सिकाइ परियोजना अधिकृत राधेश्याम रामका अनुसार सबल नेपालले यति मात्र होइन १९ देखि माथि र ४५ वर्षमुनिका बेरोजगार  युवा युवतीहरूलाई क्षमता विकास र सीपमुलक तालिम दिइ आयआर्जन वृद्धि गराउने कामसमेत गर्दै आएका प्रयोजना अधिकृत राधेश्याम रामले बताए।