फागुन २६, २०७७ बुधबार

काठमाडौं ; लोक सेवा आयोगले खरिदार पदमा बिभिन्न विज्ञापन प्रकाशित गरेको छ।आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी अप्राविधिक खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि भर्ना खोलेको हो।

त्यस्तै चैत्र १७ अन्तिमा दरखास्त दिने अन्तिम मिति समेत तोकेको छ । दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ। 
१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

पाठ्यक्रम भने सार्बजनिक गरिएको छैन ।केही समयमा नै पाठ्यक्रमको बारेमा जानकारी आउनेछ ।यसैगरी परिक्षा मिति पनि पछि नै सार्बजनिक गरिने जनाइएको छ।