कात्तिक १४, २०७८ आइतबार

काठमाडौँ — सुजिता बस्नेत ‘मिस युनिभर्स नेपाल २०२१’को विजेता बनेकी छिन् । १५ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी बस्नेत १० लाख नगदसहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी थिइन् ।

उनले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

कार्यक्रममा केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, निनाकान्ता मण्डल फस्ट रनरअप घोषित भए ।