काठमाडौं । टिकटकमा फलोअरले कन्टेन्ट क्रियटरलाई ‘टिप’ दिन मिल्ने गरी नयाँ फिचर सुरु हुने भएको छ । अहिले टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न गिफ्टहरू दिन मिल्ने फिचर छ ।
यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नलिने बताइएको छ । कन्टेन्ट क्रियटरका फलोअर्सले टिप्स फिचर प्रयोग गरी सोझै पैसा पठाउन सक्छन् । यसरी पठाएको पैसा सीधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।
एक लाखभन्दा बढी फलोअर्स भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुने बताइएको छ । हाल यो फिचर परीक्षणका लागि सीमित प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध रहेको र आगामी दिनमा यो फिचर थप प्रयोगकर्तामाझ विस्तार गर्ने टिकटकले बताएको छ ।