कात्तिक १५, २०७८ सोमबार

गाई एकमात्र त्यस्तो प्राणी हो, जसको सबै कुरा उपयोगी हुन्छ। गाईको दूधबाट बन्ने परिकारलगायत गहुँत(पिसाव), गोबर पनि उत्तिकै महत्वपूर्ण छन्। आधुनिक विज्ञानले पनि गाईलाई बहुउपयोगी प्राणी मानेको छ। आध्यात्मिक, धार्मिक, चिकित्सा क्षेत्र तथा आधुनिक विज्ञानमा गाईको महत्वपूर्ण योगदान छ। 

सकारात्मक ऊर्जाको प्रतीक हो गाई। गाईमा जति सकारात्मक ऊर्जा अन्य कुनै प्राणीमा हुँदैन। गाईले वातावरणलाई स्वच्छ बनाउन मद्दत गर्छ। यो एकमात्र यस्तो प्राणी हो जसले अक्सिजन लिएर अक्सिजन नै छोड्छ। हामी मानवलगायत सम्पूर्ण प्राणीहरू अक्सिजन लिएर कार्बनडाइ अक्साइड छोड्छौं। गाईको गोठमा काम गर्ने मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ। सरुवा रोगले उनीहरूलाई असर गर्न सक्दैन। उनीहरू सामान्य मानिसभन्दा बढी बाँच्छन्।

गाईको दूधमा शक्ति मात्रै होइन, बुद्धि विकास गर्ने तत्व पनि हुन्छन्। कुनै पनि बच्चालाई सानैदेखि गाईको दूध मात्र ख्वाएर हुर्काइएको छ भने त्यो बच्चा अरूभन्दा तीक्ष्ण बुद्धि भएको हुन्छ। 
गाईको मेरुदण्डमा सूर्यबाट आउने विकीरण फिल्टर गर्ने शक्ति हुन्छ। जसबाट एउटा यस्तो तत्व बन्छ जुन गाईको दूध, गहुँत(पिसाव) तथा गोबरमा मिसिन्छ। उक्त दूध, गहुँतको प्रयोगले  सकारात्मक ऊर्जा पैदा हुन्छ। साथै, उक्त गोबर खेतबारीमा प्रयोग गर्दा अन्नबाली पनि उन्नत हुन्छ। 

हामी आफैं प्रयोग गरेर हेर्न सक्छौं। कुनै स्थानमा दुईवटा बेग्ला–बेग्लै जमिन छानौं। एउटामा गाईको मल हालौं अनि अर्कोमा भैंसीको वा अरू कुनैको मल प्रयोग गरौं। हामीले देख्न सक्छौं गाईको मल प्रयोग गरेको बाली निरोगी तथा धेरै फल लाग्ने हुन्छ। गाईको मल प्रयोग गरेको छेउछाउका खेतबारीमा पनि यसको असर देखिन्छ र त्यहाँको पनि केही हदसम्म राम्रो भएर आउँछ। गौमुत्रमा नीम, धतुरो र आँकको मिश्रणबाट तयार गरिएको झोल रोग लागेको बाली÷बिरुवामा लगाउँदा रोग निवारण हुन्छ। त्यसैले यो किटनाशक औषधि पनि हो।

१० ग्राम गाईको घीउको धूप लगाउँदा १ टन अक्सिजन बन्छ। यदि कसैले यज्ञ गर्दा गाईको घीउबाट हवन गरिएको छ भने त्यहाँ यति धेरै अक्सिजन बन्छ कि पानी नपर्ने दिन पनि त्यहाँ पानी पर्छ।
आयुर्वेद विज्ञानमा पञ्चगब्य (गाईको दूध, दही, घीउ, गहुँत(पिसाव) र गोबरबाट बनाइने)को सेवनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ। साथै, क्यान्सरनाशक पनि भएको कुरा वैज्ञानिकले पुष्टि गरेका छन्।
गाईको पिसाव सेवनबाट ग्याष्ट्रिक भएकाहरूलाई लाभ हुन्छ। यसले मोटोपनमा सुधार गर्नुका साथै पाचनतन्त्र पनि बलियो बनाउँछ। शरीरमा कुनै कुराको इन्फेक्सन भयो भने पनि यसको प्रयोग गर्नु उत्तम मानिन्छ। गाईको पिसाव अनुहारमा लगायो भने चमकदार हुनुका साथै मुलायम पनि हुन्छ। 

शरीरका कुनै जोर्नीमा दुख्ने समस्या छ भने पनि गाईको पिसावलाई तताएर सेकेमा दुखाई कम हुन्छ। यसबाट आयुर्वेदमा धेरै प्रकारका औषधि बनाइन्छ।  घाँटीको समस्या तथा रगत शुद्ध गर्न पनि गाईको पिसावले सहयोग गर्छ । गाईको पिसावमा एन्टी ब्याक्टेरियल गुण भएका कारण हानिकारक जीवलाई नष्ट गरिदिन्छ । 

आयुर्वेद विज्ञानका अनुसार गौमुत्र विभिन्न जडिबुटीबाट परिपूर्ण छ । यसबाट संक्रामक तथा मुटुसम्बन्धी रोग आदिमा पनि फाइदा पुग्छ  । गाईको पिसाव प्रयोग गर्दा डाक्टरको सल्लाहअनुसार गर्नु उपयुक्त हुन्छ। किनभने कुनै–कुनै समस्यामा यसले विपरीत नतिजा दिनसक्छ।