कात्तिक १७, २०७८ बुधबार

विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा विपद् व्यवस्थापनका विषयवस्तुहरू पठनपाठन गराउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

युनेस्कोको सहयोगमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले आयोजना गरेको विपद्को सन्दर्भमा गरिने सञ्चार र पत्रकारिता शिक्षाबारे दुई दिने कार्यशालामा विज्ञहरूले यस्तो धारणा राखेका हुन्।