र्यापर समीर घिसिङ 'भिटेन'को पछिल्लो र्याप गीत ‘गल्ली सडक’ मा सत्ताविरुद्धको आक्रोश समेटिएको छ । उनले अहिलेको ‘गल्ली सडक’ प्रहरीप्रति समेत लक्षित छ । प्रहरीबाट भोगेको अनुभव भिटेनले गीतमा समेटेको जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छन् ।
गीतमा उनले अपराधी सरकारले पालेको र बिग्रिसकेको समाजको दोस आफूलाई लगाएको आरोपसमेत लगाएका छन् । गत ३० अक्टोबर अर्थात ८ दिनअगाडि युट्युवमा सार्वजनिक यो गीत केही दिनदेखि लगातार युट्युवको ट्रेन्डिङमा रहन सफल छ । अहिलेसम्म २० लाख बढी दर्शक पाएको गीतले एक लाख ९२ लाइक र करिब ४ हजार डिसलाइक पाएको छ । गीतमा शब्द, संगीत र स्वरसमेत भिटेनकै रहेको छ ।