फागुन २६, २०७७ बुधबार

धनकुटा - नेविसंघ धनकुटा बहुमुखी क्याम्पस इकाइले परिक्षामा भएकाे अनियमितता छानविनकाे माग गर्दै क्याम्पसमा तालाबन्दी गरेकाे छ । क्याम्पस नेविसंघ इकाई सभापति  करूणा कटुवालले आफुहरूले उठाएका माग सम्बाेधन नभएपछि आन्दोलनमा उत्रनुपरेकाे बताइन् ।
फागुन १० गते सम्पन्न परिक्षामा अनियमितता भएकाे भन्दै नेविसंघले छानविनकाे माग गर्दै आएकाे छ । २१ गते परीक्षा नियन्त्रण कार्यालयबाट आएकाे छानवीन टाेलीले अनुसन्धान गर्ने भएपछि २५ गतेसम्मकाे अल्टिमेटम दिएर आन्दाेलन स्थगीत भएकाे थियाे ।
सभापति कटुवालले  परीक्षा अनियमिततामा आराेपित व्यक्तिहरूनै बिबिएकाे अन्तर्वार्तामा राखिएकाे र विज्ञ व्यक्ति विनानै अन्तर्वार्ता लिएकाले नेविसंघ आन्दोलनमा उत्रिएकाे बताइन् । तुरुन्त विज्ञ टाेली बाेलाई अन्तर्वार्ता गरिनुपर्ने नेविसंघकाे माग छ ।