मंसिर ४, २०७८ शनिबार

महेश सिंह/ सिरहा /लहान ४ मङ्सिर - सिरहाको लहानस्थित बाटीका टुरीजममा कर दिवसकाे आयोजना गरिएको छ । प्रदेश नम्बर २ काे अर्थ मन्त्रालयले पहिलोपल्ट प्रदेश २ मा कर दिवस समारोहको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश न.२ का आर्थिक मामिला तथा योजनामन्त्री सैलेन्द्र साहले आउने वर्षमा करको दायरा बढाउनुपर्ने बताएका छन् । "ट्राफिक कार्यालय र सिमेन्ट फ्याक्ट्रीलाई करको दायरामा ल्याउनुपर्छ ।" उनले भने ।