मंसिर १४, २०७८ मंगलबार

सौगात मल्ल अभिनित फिल्म 'मन्त्रः अ हिमालयन लभ स्टोरी'को प्रदर्शन मिति सार्वजनिक भएको छ। खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म माघ २८ देखि प्रदर्शनमा आउने भएको हो। 

सोमबार फिल्मका नयाँ पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो। 

गोर्खा सिरान चोक एण्ड लिगलिग कोट फिल्मस्‌को ब्यानरमा बनेको फिल्ममा सौगातसँगै दिया पुन र बुद्धि तामाङ पनि मुख्य भूमिकामा देखिँदै छन्। 

हिमाली परिवेशको कथा रहेको फिल्मको अधिकांश दृश्य मनास्लु आसपासको क्षेत्रमा छायांकन गरिएको छ। छायांकनका लागि ५१ सय मिटरभन्दा उचाइमा रहेको मनास्लुको बेसक्याम्प सम्मपनि पुगेको निर्माण टोलीले जनाएको छ। 

सुरेश खत्री, रविराज खत्री र शुभ श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा सौगात, दिया र बुद्धि बाहेक नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टि शेर्पा लगायतका कलाकारको पनि अभिनय रहेको छ। देवेन्द्र मानन्धर फिल्मका कार्यकारी निर्माता हुन्।