मंसिर १५, २०७८ बुधबार

लिटिल बुद्धका रूपमा चर्चित र्‍यापर साकारले सांगीतिक टुर गर्ने भएका छन् ।

उनले अहिले कुन–कुन देशमा आफ्नो कार्यक्रम रहने भन्न नसकिए पनि आफ्ना सुभचिन्तक रहेका सबैजसो देश पुग्ने योजना बुनेको बताए ।

उनले आगामी मंसिर १८ मा लिटिल बुद्ध लाइभ कन्सर्टसमेत गर्दैछन् । यो उनको तीन वर्षपछिको पहिलो कन्सर्ट समेत हो ।

अस्ट्रेलियामा बस्दै आएका उनी लागुऔषध दुव्र्यसनिबाट हैरानी भएपछि परिवारले केहि वर्षअघि उनलाई नेपाल ल्याएको थियो । 

त्यसपछि उनको स्वास्थ्य अवस्था राम्रो बनेको बताइएको छ । अहिले साकार धेरै सुध्रिएको उनी निकट बताउने गरेका छन् ।

साकारको टुरको व्यवस्थापन पिभिई नेटवर्कले गर्ने भएको हो । यो टुरको घोषणासँगै साकार अब फेरि सक्रिय रूपमा गायन क्षेत्रमा फर्कन खोजेको बुझ्न सकिन्छ ।