मंसिर १९, २०७८ आइतबार

सिन्धुली । जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाली सेनाअन्तर्गत राष्ट्रिय सेवा दलले स्वयंसेवक तालिम दिन सुरु गरेको छ ।

सिद्धस्थली इंग्लिस बोर्डिङ स्कुलमा एक कार्यक्रम गरी तालिमको सुरुवात भएको हो।

एक सय दिनको तालिम हाल कोभिडका कारण ५० दिनमा झारिएको नेपाली सेनाले जनाएको छ। राष्ट्रिय सेवा दलको मध्यपूर्वी शिक्षालयद्वारा आयोजित उक्त तालिममा एक विद्यालयका ३६ जना सहभागी हुने तालिम आयोजकले जनाएको छ । 

तालिममा नेपाली सेनाको बर्दबहादुर गणका सेनानी विकास आचार्यले तालिमले विद्यार्थीहरूलाई अनुशासित बनाउन सहयोग गर्ने बताउँदै तालिमपश्चात् विद्यार्थीहरूमा देशप्रति बफादार बनाउन सहयोग पुग्ने भावनाको विकास हुनेमा जोड दिए । तालिममा संस्थागत तालिम ३५ दिन र सामूहिक क्याम्प १५ दिनको हुने सेनानी आचार्यले बताए ।