मंसिर २०, २०७८ सोमबार

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आइतबार भएको दोस्रो चरणको मतदानमा प्रतिद्वन्द्वी नुवाकोटका जगदिश्वर नरिसंह केसीलाई हराउँदै बानियाँले बाजी मारेका हुन् ।

दोस्रो पटक भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका बानियाँले १ हजार ८५ मत ल्याउँदै विजयी हासिल गरेका हुन्। सभापतिका अर्का उम्मेदवार रामचन्द्र पौडेल समूहका जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याए।


यस्तै नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन्। संस्थापनइतर पक्षका नेता पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पारजित गरेका हुन्।

नेता पुनले ८५२ मत ल्याएका छन भने शाहले ७६७ मत ल्याए। संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री  भइसकेका पुन रोल्पाको निर्वतमान पार्टी सभापति हुन्।