मंसिर २०, २०७८ सोमबार

एक शोका लागि दुबई जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई एयरपोर्टबाट पक्राउ परेकी छिन्। फर्नान्डेज मनी लान्ड्रिङ मुद्दामा आइतबार विमानस्थलबाटै पक्राउ परेकी हुन्। 

भारतको प्रवर्तन निर्देशालयले सो मुद्दामा उनीविरूद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई प्रहरीले मुम्बई विमानस्थलबाटै नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा ७ हजार पृष्ठको आरोपपत्र दायर गरेको छ।


प्रहरीका अनुसार सुकेशले ज्याकलिनलाई १० करोडभन्दा बढीको महंगो उपहार दिएका थिए। महंगो उपहारमा गहना, हिराका गहना सेट, क्रोकरी, ४ पर्सियन बिरालो (एउटा बिरालाको करिब ९ लाख रूपैयाँ) र ५२ लाख रूपैयाँको घोडा समावेश छ। सुकेशले ज्याकलिनका दाजुभाइलाई पनि मोटो रकम पठाएका थिए।

प्रहरीले उनीमाथि अनुसन्धान चलिरहेकाले विदेश जान रोकिएको बताएको छ ।