गायक एवम् सर्जक राजेन्द्र भट्ट सुनका बाला–२ लिएर बजारमा आएका छन्।
सुदूरपश्चिम क्षेत्रमा प्रचलित देउडा संस्कृतिको जर्गेना गर्दै सोहि भेगको भाषा र लयमा आधारित गीत उनले केहि दिन अघि आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन्।
गायनमा उनलाई चर्चित गायिका रेखा जोशीले साथ दिएकी छन्। गायनसँगै शब्द र संगीत पनि भट्टकै रहेको छ। म्युजिक भिडियोमा भट्टसँगै रोशनी कार्कीलाई देख्न पाइनेछ। गीत मायाँ प्रेमसँग सम्बन्धित छ। भट्टले यसअघि निकालेको सुनका बाला गीत पनि श्रोता दर्शकमाझ प्रिय छ।