काठमाडौं । चर्चित गायन रीयालिटी सो 'नेपाल आइडल'को चौथो संस्करण बिहीबारदेखि सुरु हुँदै छ ।
बिहीबार र शुक्रबार राति ८ बजे एपिवान टेलिभिजनमा प्रसारण हुने रियालिटी शो दर्शकमाझ निकै लोकप्रिय छ । तेस्रो संस्करणसम्म रहेका शोका निर्णायकहरू परिवर्तन भएका छन् ।
यस संस्करणमा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान निर्णायक रहेका छन् । शोलाई नायक आशिफ शाह र टिकटकर रेश्मा घिमिरेले होस्ट गर्नेछन् ।