महेश सिंह/सिरहा लहान/२४ मङ्सिर - सिरहाको लहान नगरपालिका वडा नम्बर ६ स्थित हिमालयन विद्या निकेतनले बृहत् उदाहरणी नमूना साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
वेशभूषाको संरक्षणका लागि प्रत्येक वर्षको मङ्सिर महिनामा साँस्कृतिक कार्यक्रम गर्दै आएका स्कुलका अध्यक्ष किशोर चौधरीले बताए ।
स्कुलमा अध्ययनरत विद्यार्थीहरू अा-आफ्नो वेशभूषामा शृङ्गारिएर उपस्थित थिए । विभिन्न धर्म संस्कृति अँगाल्दै आएका विद्यार्थीहरूले विभिन्न परिकारका खानेकुरा पकाएर मिलिजुली प्रसादका रूपमा ग्रहण गर्दै एक आपसमा मनोरञ्जन गर्दै खुशी व्यक्त गरेका स्कुलका सल्लाहकार पशुपति भट्टले जानकारी दिए ।