मंसिर २५, २०७८ शनिबार

 निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म 'घामड शेरे' यतिवेला युट्युब ट्रेण्डिङ नम्बर एकमा रहेको छ। हेमराज बिसीको लेखन तथा निर्देशन रहेको फिल्म सार्वजनिक भएको पहिलो दिनदेखि नै ट्रेण्डिङ लिस्टमा आएको थियो। 

सार्वजनिक भएको पाँच दिनमा फिल्मलाई ४३ लाखभन्दा बढी पटक हेरिसकिएको छ। ३५ सयभन्दा बढी प्रतिक्रिया आएकोमा अधिकांश सकारात्मक रहेका छन्। 

दुई वर्षअघि रिलिज भएको फिल्मले व्यवसायिक रुपमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेको थिएन। सिमोश सुनुवार र निर्देशक बिसीको संयुक्त लगानीमा बनेको फिल्ममा निश्चल र स्वस्तिमा बाहेक सुष्मा निरौला, गौरी मल्ल, लोकेन्द्र लेखक, बादल भट्ट, रोए, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहको छ।