मंसिर २६, २०७८ आइतबार

केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘चपली हाइट ३’ लाई सेन्सर पासको ‘पीजी’ सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको छ । फिल्म अब १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म अर्जुनकुमारले निर्माण गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको फिल्म क्राइम थ्रिलर जनरामा निर्माण भएको हो ।

स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्ममा दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको समेत फिल्ममा अभिनय  देख्न सकिन्छ ।

कथा तथा संवाद आकाश बरालको रहेको फिल्ममा ‘स्टेशन फाइभ’ ले उपत्यका र ‘एफडी कम्पनी’ ले उपत्यका बाहिर वितरण गर्दै छन् ।