मंसिर २९, २०७८ बुधबार

माध्यमिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिका लागि शिक्षक सेवा आयोगले खुला विज्ञापन आह्वान गरेको छ। 

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको हो।

नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।