मंसिर २९, २०७८ बुधबार

महेश सिंह/सिरहा लहान/२९ मङ्सिर - सप्तरीको सुरुङ्गा नगरपालिकामा शिक्षिकाहरूको क्षमता अभिवृद्धिका लागि सवल नेपाल र सेभ द चिल्ड्रेनले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरेको छ । उक्त तालिम सप्तरीको सुरुङ्गा नगरपालिका स्थित मसिलाल जनता माध्यमिक विद्यालय कुशहाको सभाहलमा सञ्चालन भएको छ । 

सहभागीहरूले बालबालिकालाई मनोसामाजिक सहयोग गर्न आवश्यक ज्ञान तथा सीप हाँसिल गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

सुरुङ्गा नगरपालिकामा आधारभूत र माध्यमिक गरी जम्मा ३१ वटा विद्यालय रहेका छन्। जसमध्ये २५ विद्यालयका शिक्षिकाहरूलाई क्षमता अभिवृद्धि गर्ने अभिप्रायःले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरिएको हो ।

उक्त तालिम मंसिर २५ गते देखि सुरु भएको थियोे भने मङ्सिर २९ गते सम्पन्न हुने आयोजकले जानकारी दिए । कार्यक्रममा २५ जना शिक्षिकाहरूको सहभागीता रहेकाे छ ।