पुस १, २०७८ बिहिबार

काठमाण्डौं । गायक प्रमोद खरेलको नयाँ गीत 'जाउ तिमी’को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

झलक शर्मा सापकोटाको शब्द र राजेन्द्र केशव सापकोटाको संगीतमा बनेको गीतको म्युजिक भिडिओमा समिर खान र विना राउतले अभिनय गरेका छन्। हेमन्त शिशिरको संगीत संयोजनको गीतमा प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ ।

करण चैसिरको छायाँकन , अमृत चापागाँईको सम्पादन तथा सिर्जन बरालको निर्देशन भिडियोमा रहेको छ । आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रेम र रोदनलाई समायोजन गरि निमार्ण गरिएको छ ।