महेश सिंह/सिरहा लहान/ १ पुष - सिरहाको लहान नगरपालिकामा रहेको सन्साइन एजुकेसनल कन्सलट्यान्सी प्राविधिक शिक्षामा अग्रणी बन्दै गएको छ ।
देशमा तथा विदेशमा गएर टेक्निकल शिक्षा अध्ययन गर्न चथहनेहरूका लागि कन्सल्ट्यान्सी हब बन्दै गएको छ ।
कन्सलट्यान्सी हाल पुरानो ठाउँबाट सरेर नयाँ ठाउँमा ल्याएको छ। पुरानो ठाउँबाट हाल सिद्धार्थ बैंकको अगाडि रहेको बिल्डिङ्गमा सारिएको सञ्चालक जयप्रकाश महतोले जानकारी दिए । नयाँ ठाउँमा बृहत् कार्यक्रमको आयोजना गरी सञ्चालनमा ल्याएकाे उनले बताए ।
करिब ७ वर्षअघि खुलेको संस्थाले भारत, जापान बङ्ग्लादेशलगायतका देशमा ४०० सय विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि पठाउन सफल भएको छ ।