पुस ६, २०७८ मंगलबार

चीट चोर्न नदिएको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक कुटिएका छन्।

मंगलबार बिहान आर आर कलेज भृकुटीमण्डपमा शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरिएको  क्याम्पसका एक प्राध्यापकले जानकारी दिए।

शिक्षक कुटपिट गर्ने कुवेर जेठारा रहेको  बताइएको छ। ​ जेठाराले पानी खाने जगले हानेका हुन्। पुडासैनिको टाउकोमा गम्भिर चोट लागेपछि अस्पताल लगिएको थियो। उनको टाउकोमा ७ वटा टाँका लगाइएको छ। हाल विद्यार्थी भने फरार रहेका छन्।