'मनको चोखो माया' बोलको नयाँ नेपाली गीति चलचित्र सार्वजनिक भएको छ। राज कुम्भको शब्द, महेश ताम्राकारको संगीत तथा मेघराज राईको स्वर रहेको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियो पुराना नेपाली फिल्मको झल्को दिने गरी बनेको छ। जसको लेखन तथा निर्देशन अनिल सुब्बाले गरेका हुन्।
गीत तथा फिल्मको छायांकन हुँदै गर्दा क्यामेरामा कैद गरिनेभन्दा बाहेकका नेपथ्यको दृश्य रमाइलो ढंगले गीति चलचित्रमा प्रस्तुत गरिएको छ।
द नैसेन्स फ्याल्यांक्सद्वारा प्रस्तुत यस गितिचलचित्रमा कुसुम गुरुङ, रूपेश लामा, कवि राई, सुरज तमु लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
मणि के राईले नृत्य निर्देशन रहेको भिडियोको छायांकन तथा सम्पादन जे।डी। तमुले गरेका हुन्।