अभिनेता सलमान खानलाई साँपले टोकेको समाचार छ । भनिन्छ अहिले उनी अस्पतालमा उपचार गराएर सुरक्षित भइसकेका छन् । भारतिय संचार माध्यमहरुका अनुसार यो घटना २५ डिसेम्बर अर्थात हिजो राति ३ बजेको हो ।
सलमान खान गए रात पनवेल स्थित आफ्नो फार्म हाउसमा थिए जहाँ उनलाई साँपले टोकेको बताइन्छ । सलमान परिवारसहित आफ्नो जन्मदिन मनाउन त्यहाँ गएको बताइएको छ । रिपोर्टअनुसार सलमानलाई टोक्ने सर्प बिषालु भने थिएन । यद्यपि सलमानलाई उपचारका लागि तत्काल कमोथे एमजीएम हस्पिटल पुर्याइएको थियो ।
आज बिहान करिब सबा नौ बजे उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको अवस्था सामान्य छ । सलमान खानको फार्म हाउस पहाड र वन क्षेत्रले घेरिएको छ जहाँ अक्सर साँप तथा अजिगंरहरु फेला पर्छन् । यस वियमा सलमान खानको परिवार तथा उनको टिमले भने केहि बताएको छैन ।