पुस ११, २०७८ आइतबार

‘फेसियल हाउस’ को १४ औं बार्षिक उत्सव सम्पन्न भएको छ । 

काठमाडौं मलकोे चौंथो तल्लामा अवस्थित ‘फेसियल हाउस’ कै कार्यकक्षमा आयोजित वार्षिकोत्सवमा अभिनेत्री पुजा शर्मा, निर्देशक शोभित बस्नेत, अभिनेता दीकपाल कार्की र यशराज गराच लगायतको सहभागीता रहेको थियो । सो अवसरमा उनीहरुले केक काट्दै फेसियल हाउसलाई शुभकामना दिएका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा अभिनेत्री शर्माले सेलिब्रेटीका लागि फेसियल हाउसको सर्भिस महत्वपूर्ण रहेको बताइन् । उनले आफु अभिनेत्री बन्नु अगाडि देखिनै यसको सेवा लिएको जानकारी दिइन् । 

व्यवसायी राणाले ‘फेसियल हाउस’ ले आफ्नो मन जितेको बताइन् । फेसियल हाउसकी सञ्चालिका सुष्मा महरा हुन् । उहाँले विगत  १४ वर्षदेखि विभिन्न चुनौती सामना गर्दै अघि बढ्दै आएको बताउनुभयो । फेसियल हाउसको काठमाडौभित्र ३ वटा र मोफसलमा २ वटा शाखा सञ्चालनमा छन् । 

कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको थियो ।