गायक कर्ण रसाइली र शान्ति श्री परियारको स्वरमा रहेको ‘तिम्रो आँखैमा’ गीत दर्शकहरूले खुबै रुचाएका छन्।
युट्युबमार्फत सार्वजनिक गरिएको तिम्रो आँखैमा दोहोरी गीत लगातार युट्युब ट्रेन्डिङ पर्न सफल भएको हो। गीत टिकटक, फेसबुलगायत सञ्जालहरूमा भाइरल बनेको छ।
प्रल्हाद सुवेदीको शब्द र संगीत रहेको गीतको कृष्ण केसीले संगीत संयोजन गरेका छन्। निता ढुंगाना र लोमस शर्माको अभिनय रहेको गीतको म्युजिक भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् कुमार केसीको निर्देशनमा तयार भएको म्युजिक भिडियोको कोरियोग्राफी भने प्रशान्त मगरले गरेका छन्।
कर्ण रसाइलीको स्वरमा यसअघि ‘तिम्रो बन्नलाई हो’ गीत बजारमा आइसकेको छ।
भिडियो:
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/XbprjpcTNKU" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>