सैनिक शासकको विरोधमा भएको प्रदर्शनमा सहभागी भएको अभियोगमा म्यानमारका चर्चित मोडललार्य जेल सजाय सुनाइएको छ ।
निर्वाचित सत्ता हत्याएर शासन हातमा लिएको सेनाको विरोधमा प्रदर्शन गरेकै कारण चर्चित मोडल पाइङ्ग ताखोनलाई तीन वर्षको जेल सजाय सुनाइएको हो ।
गएको फेब्रुअरीमा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसयता लगातार प्रदर्शन हुँदै आएको छ । ताखोन सुरु देखि नै सैनिक कू को विरोधमा भइरहेका आन्दोलनमा सहभागी हुँदै आएका थिए ।
पाइङ्ग गएको अप्रिलमा ५० सैनिकले घेराउ गरेर गिरफ्तार गरेका थिए । पाइङ्गकी बहिनीले फेसबुक मार्फत दिएको जानकारी अनुसार उनलाई बिहान ५ बजे ट्रकमा हालेर लगिएको थियो।
२४ वर्षका मोडल पाइङ्ग विभिन्न आन्दोलनमा सहभागी भइसकेका छन्। पाइङ्गले सैनिक शासन विरोधी आन्दोलनमा सहभागी हुनेसँगै सामाजिक सञ्जाल मार्फत विचार व्यक्त गर्ने गरेका थिए ।

गिरफ्तार गरेपछि दशौँलाख फलोअर्स भएको उनको सामाजिक सञ्जाल एकाउन्टहरु बन्द गरिएको थियो। उनको फेसबुक एकाउन्ट पनि बन्द गरिएको थियो। तर फ्यानले उनको ‘इन्स्टाग्राम एकाउन्ट’ पुनः सञ्चालनमा ल्याएका छन्।
पाइङ्गका नजिकका एक व्यक्तिले आफ्नो नाम नभन्ने शर्तमा पाइङ्गलाई प्रहरी हिरासतमा लिने समय उनको मानसिक स्वास्थ्य ठीक नरहेको बताएका छन्। पाइङ्गलाई पक्रिएपछि उनले चलाउने दुईवटा फोन पनि जफत गरिएको छ।
सैनिक शासनविरुद्ध बोलेकै आधारमा पक्राउ पर्ने कलाकार उनीमात्र हैनन्, म्यानमारको सुन्दरी प्रतियोगीताकी एक सहभागी जसले थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेशनल प्रतियोगीतामा म्यानमारलाई अन्तर्राष्ट्रिय सहयोग चाहिएको अपिल गरेकी थिइन्। उनी र म्यानमारकै हाँस्य व्यंग्य कलाकार पनि पक्राउ परिसकेका छन्।