पुस १५, २०७८ बिहिबार

लाहुरेको नामले चिनिने र्‍यापर आशिष राना मगर ब्राउन सुगर (खैरो हिरोइन)को केसमा समातिएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई ब्राउन सुगरसहित पोखराबाट पक्राउ गरेको हो। 

लामो समयदेखि र्याप गीत गाउँदै आएका लाहुरे र बार्ज र्‍याप ब्याटलबाट चर्चामा आएका थिए। उनका ुमेरो सोल्टाु, ुनेपहपको बाटोु, ुचुपु लाग लगायतका गीत चर्चित छन्।

उनले ताण्डव फिल्ममा अभिनेताको रुपमा काम गरेका छन् भने रियालिटी शो हिमालय रोडिजमा पनि आबद्ध छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।