पैतृक सम्पत्तिमा छोराछोरीको समान अधिकार हुनुपर्छ भन्दै तीन दशकयता ब्यापक चर्चा हुने गरेको छ। म्याग्दीका पुराना गायक तथा साहित्यकार नरबहादुर बिसीले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिएर सन्देश प्रवाह गरेका छन्।
गायक एवम् साहित्यकार बिसीले मंगला गाउँपालिका–३ बरंजामा रहेको १९ रोपनी जग्गा छोरी सुधा बिसी खड्कालाई स्वतःस्फूर्त अंश दिएर छोरा सरह सम्मान गरेको बताए। साहित्यकार बिसीका ३ छोरा र एक छोरी छन् । २०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बनाए पनि यो व्यवहारमा लागू हुन सकेको छैन।