पुस २५, २०७८ आइतबार

बलिउड अभिनेता अजय देवगन आफ्नो उत्कृष्ट एक्सन दृश्य र आगामी फिल्मका कारण निकै चर्चामा छन् । उनी प्रायः आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा फ्यानहरूसँग आफ्नो व्यावसायिक जीवनसँग सम्बन्धित अपडेटहरू शेयर गर्छन् । 

यसैक्रममा उनले आगामी सातादेखि एक्सन थ्रिलर फिल्म 'कैथी'को हिन्दी रिमेकको छायांकन शुरू गर्ने जानकारी दिएका छन् । 

यस हप्ताको शुरूमा फिल्म कैथीको लागि सुटिङ शुरू गर्ने तयारी थियो । तर, देशमा बढ्दो कोरोना संक्रमितलाई ध्यानमा राख्दै चलचित्रकर्मीले छायांकन रोकेका छन् । अब फिल्मको छायांकन अर्को साताबाट शुरू हुनेछ ।

कथाअनुसार एक पूर्व अपराधीको वरिपरि घुम्छ, जो आफ्नो जेल सजाय पूरा गरेपछि पहिलो पटक आफ्नी छोरीलाई भेट्न आउँछ । साथै चलचित्र लागूऔषध माफियाविरुद्धको पुलिस कारवाहीमा आधारित छ ।