पुस २५, २०७८ आइतबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताए । शनिबार काठमाडौं आयोजित एसोसिएएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताए ।

बाल्यावस्थामा बालबालिको सर्वाङ्गिक विकास हुने चरण भएकाले उनीहरूको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरूको पनि जिम्मेवारी हुने उनको भनाइ छ । ‘बाल्यावस्थामा अनुसासन, शिक्षा, र सस्कार सिकाउने कुरा हुन्छ’, उनले भने, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो ।’

बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरू नै अघि भएको बताउँदै पेशामा लाग्नेहरूलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘तपाईंहरूका अप्ठ्याराहरू छन् मैले बुझ्छु’ उनले भने, ‘ तोकिएको तलब तथा अन्य समस्याहरू मन्त्रालयले समाधान गर्छ ।’

मन्त्री पौडेलले बालविकासका शिक्षकहरूलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहहरूसँग समन्वय गरिरहेको बताए । कार्यक्रममा देशका उत्कृष्ट प्रि–स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।
#अपेन #विज्ञान तथा प्रविधि #शिक्षक #शिक्षामन्त्री पौडेल